राष्ट्रिय शैक्षिक परामर्श संघको साधारणसभाबाट प्याकुरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Advertisement

काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघको शनिबार सम्पन्न प्रथम साधारणसभाबाट सन्तोष प्याकुरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्रमान जोशी, महासचिवमा राकेश श्रेष्ठ, सचिवमा प्रशान्त साह, कोषाध्यक्षमा रमन कोइराला, सदस्यहरुमा विशाल थपलिया, सुवेन्द्र थापा, प्रतिक्षा श्रेष्ठ, इश्वर श्रेष्ठ, सूर्य पोखरेल, रविन्द्र थापा चयन भएका छन् ।

कुल १५ सदस्यीय कार्यसमितिमध्ये आज ११ जना चयन भएका हुन् । बाँकी चार जना (एक उपाध्यक्ष, एक सचिव र दुई सदस्य) अध्यक्षले चयन गर्ने संस्थाको विधानमा व्यवस्था छ ।

Advertisement

Advertisement

Advertisement