प्राइम लाइफको जीवन बीमा योजना ग्राहकले अनलाइनबाटै खरिद गर्न सक्ने

Advertisement

काठमाडौं । प्राइम लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले अनलाइन प्रविधिबाट विभिन्न जीवन बीमा योजना ग्राहक स्वयम्ले नै खरिद गर्न सक्ने प्रविधि विकास गरी सञ्चालनमा ल्याएको छ ।

यो प्रविधिबाट जुनसुकै स्थानका ग्राहकले आफुले लिन चाहेको जीवन बीमा योजना तथा त्यस योजना अन्तर्गतका अतिरिक्त ऐच्छिक सुविधाहरु छनौट गरी त्यस वापतको प्रिमियम अनलाइन भुक्तानी सेवा प्रदायक मार्फत भुक्तानी गर्न सकिने जनाएको छ ।

हालको लागि अधिकतम विमाङ्क रकम रु। ५ लाखसम्मको बीमालेख खरिद गर्न सकिनेछ । यस प्रविधि अन्तर्गत ग्राहकलाई कागजी प्रस्ताव फारम भर्न नपर्ने र अनलाइन फारममा उपलब्ध गराइएका विवरणका आधारमा सो प्रस्ताव फारम तत्कालै स्वीकृत भई बीमालेख जारी हुनेछ ।

कम्पनीले शुरुवात गरेको अनलाइन प्रविधिबाट प्रदान गरिने बीमाको सेवाबाट धेरै भन्दा धेरै जनता समक्ष जीवन बीमाको पहुँच पुग्ने विश्वास कम्पनीले लिएको छ । अनलाइन मार्फत प्राप्त प्रस्ताव फारममा उल्लेखित ठेगानाबाट नजिक पर्ने यस कम्पनीको शाखा तथा उपशाखा कार्यालयबाट स्वीकृत भएको बीमालेख सम्बन्धित बीमितलाई दिने व्यवस्था समेत गरिएको जनाए ।

Advertisement

Advertisement

Advertisement