सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपाललाई

Advertisement

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले जित्न सफल भएको छ। बंगलादेशको सहिद सुहरावर्दी इन्डोर स्टेडियममाबिहीबार भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्न सफल भएको हो ।

माल्दिभ्सविरुद्धको खेलको सुरुमा ५–० अंकले पछि परेको नेपालले पहिलो सेट २५–१३ ले जितेको थियो । दोस्रो र तेस्रो सेटमा नेपालले एकतर्फी जित निकाल्दै उपाधि उचालेको हो। दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–८ ले माल्दिभ्सलाई पाखा लगाउँदै नेपालले उपाधि उचालेको हो।

भलिबलमा नेपाली महिला टिमले जितको यो ऐतिहासिक खेल हो । लिग चरणको खेलमा नेपाल १२ अंकसहित समूह विजेता बन्दै फाइनलमा पुग्न सफल भएको थियो भने लिग चरणमा ८ अंकसहित माल्दिभ्स समूह उपविजेता बन्दै फाइनलमा पुगेको थियो ।

Advertisement

Advertisement

Advertisement