युनाइटेड इन्स्योरेन्सको तीन महिनाको नाफा एक करोड २८ लाख, जगेडा कोष ८९ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा एक करोड २८ लाख २३ हजार रुपियाँ खुद मुनाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको त्रैमासिक प्रगति प्रतिवेदनअनुसार यो मुनाफा गत बर्षको सोही अवधिमा एक करोड ११ लाख रुपियाँ मात्रै आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीले तीन महिनामा १८ करोड ५३ लाख रुपियाँ बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो बर्षको साही अवधिको भनदा ४४ दशमलव १० प्रतिशतले बढि हो । गत बर्ष सोही अवधिमा कम्पनीले १२ करोड ८७ लाख रुपियाँ बीमा शुल्क आर्जन गरेको थियो ।

युनाइटेडको बार्षिक प्रतिसेयर आम्दानी १६ रुपियाँ ९६ पैसा छ भने प्रतिसेयर नेटवर्थ २३४ दशमलव ४१ पैसा रहेको छ । साथै, कम्पनीको जगेडा कोष ८९ दशमलव ४७ प्रतिशतले वृद्धि हुँदै छ करोड ६९ लाख पुगेको छ भने बीमा कोष ११ दशमलव २० प्रतिशतले वृद्धि हुँदै ३३ करोड २५ लाख पुगेको छ।
कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम २८ दशमलव ९६ प्रतिशले वृद्धि हुँदै ३० करोड तीन लाख रुपियाँ रहेको छ।

Advertisement

Advertisement

Advertisement