मेगाको साधारणसभाबाट ११.७५ प्रतिशत नगद लाभांश पारित, गत बर्षको भन्दा २३.७१ प्रतिशतले बढि

Advertisement

काठमाडौं । मेगा बैंकको साधारणसभाले गत बर्षको मुनाफाबाट शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न बैंकको नवौँ बार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । यो मुनाफा गत बर्षको भन्दा २३ दशमलव ७१ प्रतिशतले बढि हो ।

गएको आर्थिक बर्षको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५४ रुपियाँको ११ दशमलव ७५ प्रतिशतले हुन आउने एक अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपियाँ ८१ पैसालाई नगद लाभांश स्वरुप शेयरधनीलाई वितरणका लागि पारित गरेको छ ।

सभामा वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि प्रस्ताव पेश गरिएको थियो । उक्त प्रस्तावलाई पारित गर्दै सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

बैंकले पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गर्न असोज ८ गते समझदारी गरिसकेको छ । सभाले सो सम्वन्धी प्रस्तावलाई पनि अनुमोदन गरेको छ । गण्डकीलाई गाभेपछि मेगाको शाखा सञ्जाल देशभरमा २१० भन्दा बढि हुनेछ । व्यवसायको आकारको आधारमा पनि आफूहरु हालको १० ठूला वाणिज्य बैंकमध्येको एक हुने सो बैंकको दावी छ ।

Advertisement

Advertisement

Advertisement