चिलिमेको सञ्चालकमा शान्तिलक्ष्मीसहित चार जना सर्वसम्मत चयन

Advertisement

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको सञ्चालकमा चार जना निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारणबाट चयन हुनेहरुमा शान्तिलक्ष्मी शाक्य, रामप्रसाद रिमाल, तुलसीराम ढकाल र भीम तिमल्सिना हुन् । अन्तिम दिन बुधबारसम्म सर्वसाधारणबाट नोमिनेशनमा लागि आफूहरु चार जनाको मात्रै मनोनयन परेकाले निर्विरोध भएको शाक्यले जानकारी दिइन् ।

चिलिमेको बार्षिक साधारणसभा यही मंसिर ११ गते हुन लागेकाले सोही दिन औपचारिकरुपमा उनीहरु चयन भएको कुरा घोषणा हुनेछ । उनीहरु यसअघि पनि कम्पनीको सञ्चालक थिए । शान्तिलक्ष्मी प्राधिकरणको उपकार्यकारी निर्देशकबाट केही समयअघि मात्रै अवकाश पाएकी हुन् भने रिमाल प्राधिकरणको तत्कालिन एमालेनिकट कर्मचारी संगठनका तत्कालिन अध्यक्ष हुन् । बाँकी दुई जना भने प्राधिकरण बाहिरकाम हुन् ।

सुरुदेखि नै लगानीकर्तालाई राम्रो मुनाफा दिँदै आएको २२ दशमलव एक मेगावाटको चिलिमेले यस पटक २५ प्रतिशत मुनाफा दिँदै छ । यद्यपि कुनै समय दुई हजार सातसयभन्दा मागि पुगेको कम्पनीको सेयर अहिले करिव तीन सयको हाराहारीमा झरेको छ ।

Advertisement

Advertisement

Advertisement