सुनको मूल्य प्रतितोला चार सयले घट्यो

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार र सोमबार ७१ हजार छ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज चार सय रुपियाँले घटेर प्रतितोला ७१ हजार दुई सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार नौ सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ४५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ७९० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८५० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement