प्रधानमन्त्री शिक्षण अस्पतालमा भर्ना, एपेन्डिसाइटिसको शल्यक्रिया हुँदै

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओली शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डिओथोरसिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शल्यक्रियाको तयारी गरिएको छ। एपेन्डिसाइटिस भएपछि उनको शल्यक्रिया गर्न लागिएको हो।

स्वास्थ्य परीक्षणका क्रममा अस्पताल गएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीलाई शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको छ।

यसअघि पनि प्रधानमन्त्री ओली फलोअपका लागि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए । यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement