प्रचण्डले भाषण गर्न लागेको बेला चुनावी सभामा बम विस्फोट

Advertisement

पोखरा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भाषण गर्न लागेको चुनावी सभालाई लक्षित गरी बम विस्फोट भएको छ । नयाँबजारस्थित प्रदर्शनीस्थलमा आयोजित नेकपाको चुनावीसभास्थल नजिकै विस्फोट भएको हो ।

दिउसो करिव २ बजे भएको बम विस्फोटबाट मानवीय क्षति भने भएको छैन् । विस्फोटपछि केहीबेर होहल्ला र भागदौड भएको थियो । यद्यपि ठूला भौतिक क्षति हुने किसिमको बम विस्फोट नभएको प्रहरीले बताएपछि कार्यक्रम अघि बढाइएको थियो । सभामा आएकाहरु भने पुनः विस्फोट हुनसक्ने आशंकामा त्रसित देखिन्थे । विस्फोट कस्ले गराएको ? खुल्न सकेको छैन् ।

Advertisement

Advertisement

Advertisement