बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीको श्रम शोषण गरेः राष्ट्र बैंक

Advertisement

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले कर्मचारीहरुको श्रम शोषण गरिरहेको निष्कर्ष नेपाल राष्ट्र बैंकले निकालेको छ । बैंकहरुले कर्मचारीहरुलाई १० घण्टासम्म काम लगाएर श्रम शोषण गरेको निष्कर्षमा नेपाल राष्ट्र बैंक पुगेको हो ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार केहि बैंक तथा वित्तिय संस्थाहरुले कर्मचारीहलाई अतिरिक्त समय काम लगाएर पनि पाश्रिमिक नदिएका उजुरीहरु उजुरीहरु आईरहेको छन् । ति उजुरीहरुका आधारमा छानविन प्रक्रिया अघि बढेको पनि उनले बताए ।

बैंक तथा वित्तिय संस्थाहरुले कर्मचारीलाई अनावश्यक रुपमा काम लगाउन थालेपछि व्यवस्थापन जोखिम समेत बढेको पनि उनले दावी गरे । ‘बैंक तथा वित्तिय संस्थाहरुले कर्मचारीहरुलाई १० घण्टासम्म काम लगाएको देखियो, यसले सञ्चालन जोखिम बढाएको छ, अब राष्ट्र बैंक चुप लागेर बस्दैन’, निरौलाले भने ।

उनले कर्मचारीहरुलाई तोकिएको कार्यालय समय भन्दा बढी काममा लगाउनु प्रचलित कानुनको समेत बर्खिलाप हुने समेत बताए । कर्मचारीहरुको श्रम शोषण गर्ने बैंकहरुलाई अब कारवाही गर्ने तयारी भैरहेको पनि उनले बताए ।

बैंकहरुले आफ्ना कर्मचारीहरुलाई निक्षेप र खाताको टार्गेट दिने र पुर्याउन नसक्ने कर्मचारीहरुलाई मानसिक त्रास उत्पन्न गराईरहेका उजुरी समेत आएको बताए । त्यस्तै, बैंकहरुले आफ्ना कर्मचारीहरुलाई बीमाको समेत लक्ष्य निर्धारण गरेर काम गराईरहेका उजुरीहरु दर्जनौंको संख्यामा आएको पनि उनले बताए ।

Advertisement

Advertisement

Advertisement