केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता, हप्ता दिनभित्रै निर्माण कार्य शुरु गरिने

Advertisement

काठमाडौं । २०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र जेडसीजीआई-खानी जेभीबीच ठेक्का सम्झौता भएको हो ।

सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट रत्न गौतमले हस्ताक्षर गरेका हुन् । जेभीले भ्याटसहित ६७ करोड २४ लाख ६० हजार ८२७ रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको हो । प्रबलीकरणको अवधि दुई वर्षको छ । आयोजना निर्देशक प्याकुरेलले मौलिक स्वरुप कायम राखी भूकम्पप्रतिरोधी हुनेगरीप्रबलीकरण गरिने बताए ।

निर्माण कम्पनीका रत्न गौतमले तोकिएको समयमै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गए । उनले एक हप्ताभित्र निर्माण कार्य सुरु गरिने जानकारी पनि दिए । परामर्शदातामा जोन स्याण्डी एसोसिएट्स प्रालि, एसडब्लु नेपाल प्रालि र पिरामिड डिजाइन एसोसिएट्स प्रालिको जेभी छनौट भएको छ ।

Advertisement

Advertisement

Advertisement