तेह्रौँ सागः तेक्वान्दोमा कमल श्रेष्ठलाई स्वर्ण पदक

Advertisement

काठमाडौं । तेस्रो पटक नेपालले आयोजना गरेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्दो खेलमा कमल श्रेष्ठले स्वर्ण पदक हात पारेका छन्।

पुम्सेको २३ देखि २९ वर्षको उमेर समूहको स्पर्धामा उनले भारतका राहुल जैनलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । कमलले ८.२७० अङ्क ल्याउँदै स्वर्ण जितेका हुन् । पराजित भारतका राहुलले ८.२०० अङ्क ल्याएका थिए ।

सोही स्पर्धामा श्रीलङकाका निसाशङ्कासे आसिङ्गेले कास्य पदक हात पारे। उनले ८.०६० अङ्क प्राप्त गरेका थिए । त्यसअघि कृष्णबहादुर तामाङले तेक्वान्दोको १७ देखि २३ वर्ष उमेर समूहमा रजत पदक हात पारे। उनले श्रीलङ्काको रौनुका प्रभातसँग पराजित हुर्दै रजत पदकमा चित्त बुझाएका हुन् ।

Advertisement

Advertisement

Advertisement