काँग्रेस नेताको तर्क– जति नेकपाले जित्यो, त्यो सबै सहानुभूतिको भोट हो, लोकप्रियता होइन्

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले उपनिर्वाचनले कांग्रेसको जनमत बढेको र नेकपाको जनमत घटेको दावी गरेका छन् । रिपोर्टर्स क्लवमा सोमबार उनले भने, ‘यो निर्वाचनले कांग्रेसको जनमत बढेको छ । अहिले दुई तिहाई बहुमतको वर्तमान सरकारमा गम्भीर ह्रास भएको छ । हामी आगामी दुई वर्षमा कांग्रेसलाई पुनःस्थापित गराउँछौं । कांग्रेस बलियो हुन्छ ।’

आफूहरु आगामी निर्वाचनको लागि तयारीमा जुटेको पनि साउदले सुनाए । उनले भने, ‘यो निर्वाचन परिणामलाई सकारात्मक रुपमा लिएका छौं । जनताप्रति हामी हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छौं ।’

यद्यपी उपनिर्वाचनको परिणामले तीनवटै तहका आधारभूत संरचनामा खासै प्रभाव नपर्ने साउदको भनाई छ । उनले भने, ‘यो निर्वाचनले नेकपाप्रति रुची घटाएको छ । कतिपय महत्वपूर्ण ठाउँमा हामीले जित हाँसिल गरेका छौं । भक्तपुर र धरानमा हामीले जित्यौं । कतिपय महत्वपूर्ण वडामा पनि जितेका छौं । यसले कांग्रेसलाई उत्साहित बनाएको छ ।’

त्यस्तै, कांग्रेस पराजित भएका कतिपय ठाउँमा पनि धेरै ठूलो मतान्तर नभएको साउदको भनाई छ । उनले भने, ‘पराजित भएका ठाउँमा पनि हामीले मतान्तर घटाएका छौं । निर्वाचनको परिणाम सत्तासिन अनुकुल आएन्, यो भनेको उसको लोकप्रियतामा गम्भीर ह्रास हो ।’

उपनिर्वाचनले सरकारप्रति जनताको असन्तुष्टि पोखिएको पनि साउदको टिप्पणी छ । काँस्की क्षेत्र नम्बर २ र दाङमा सहानुभूतिको कारण नेकपाका उम्मेद्धवार विजयी भएको उनको विश्लेषण छ । साउदले भने, ‘अरु ठाउँमा जहाँ नेकपाले उम्मेद्धवारले जितेका छन्, ती ठाउँमा पनि सहानुभूति लहरका कारण उनीहरुको अनुकुल परिणाम आएको हुनसक्दछ । किनभने ती ठाउँमा तत्कालिन पदासिन व्यक्तिहरुका विद्यवाहरु उम्मेद्धवारको रुपमा रहिआएका थिए । त्यही भएर सहानुभूति भोट आयो ।’ बाग्लुङमा त नेकपाले पराजयको डरले उम्मेद्धवारी नै नदिएको र जनमोर्चासँग आत्मसमर्पण गरेको उनको आरोप छ ।

Advertisement

Advertisement

Advertisement