बुढीगण्डकी प्रभावित मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा

Advertisement

गोरखा । बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितहरुले सरकारले निर्धारण गरेको मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले साह्रै मर्का पर्ने किसिमले मुआब्जा निर्धारण गरिएको भन्दै विरोधमा उत्रिएका छन् ।

मुआब्जा निर्धारणको खबरलगत्तै विरोध प्रदर्शनमा उत्रिएका बुढीगण्डकी आयोजनाबाट डुवान हुने क्षेत्रका वासिन्दाले आरुघाट गाउँपालिका कार्यालयको मुख्य द्वारमा तालाबन्दी पनि गरेका छन् । उनीहरुले सोमबार आरुघाट बजार बन्द गराउनुका साथै साँझ राँके जुलुस निकालेका थिए ।

स्थानीयको विरोधकै कारण आरुघाट बजार बन्द छ भने सार्वजनिक यातायात चल्न सकेका छैनन् । बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालय पनि खुल्न सकेका छैनन् । उनीहरुले मुआब्जा निर्धारण पुनराबलोकन नगरिए आन्दोलन झन चर्काउने स्थानीय जनताको भनाई छ ।

लामो समय कुराएर सरकारले आयोजना प्रभावित क्षेत्रको जग्गा वर्गीकरण गर्दै आनाको न्यूनतम ५० हजार देखि अधिकतम् सात लाख रुपियाँसम्म मुआब्जा निर्धारण गरेको थियो । तर प्रभावित क्षेत्रका जनताले भने आनाको २५ लाख रुपियाँ पाउनुपर्ने माग राख्दै आएका थिए ।

Advertisement

Advertisement

Advertisement