सेयर बजारमा ३.७५ अंकको सुधार, आज धेरै घाटा व्यहोर्नेमा साल्ट ट्रेडिङका लगानीकर्ता

Advertisement

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से तीन दशमलव ७५ अंकले बढेर एक हजार ११५ दशमलव ७४ कायम भयो भने कारोबार रकम २६ करोड ६८ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा सिद्धार्थ बैंक प्रमोटर सेयर अगाडी रहेको छ । जसको कारोबार दुई करोड ६० लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा एनएमबी बैंक रहेको छ । जसको कारोबार एक करोड ९० लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज ट्रडिङ अर्थात् व्यापार समूहको सूचक तीन दशमलब ९८ प्रतिशतले ओरालो लागेको छ भने जीवन बीमा र उत्पादन मूलक समूहमा एक प्रतिशतभन्दा धेरैको सुधार भएको छ । त्यस्तै ,अन्य, फाइनान्स र विकास बैंक समूहका सूचकमा शुन्य प्रतिशतभन्दा धेरै गिरावट आएको छ । बाँकी सबै समूहका सूचकमा शुन्य प्रतिशतभन्दा धेरैको सुधार भएको देखिन्छ ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा घोडिघोडा लघुवित्तका लगानीकर्ता अगाडि छन् । कम्पनी १० प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी पाँच दशमलव ४१ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement