नेटो सम्मेलनमा ट्रम्पलाई मजाक उडाइयो, भिडियो सार्वजनिकपछि पत्रकार सम्मेलन रद्द

Advertisement

एजेन्सी । ब्रिटेनमा सम्पन्न भएको ‘उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)’ को शिखर सम्मेलनका क्रममा केही विश्व नेताहरुले ट्रम्पको मजाक उडाइरहेको भिडियो क्लिप सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएपछि ट्रम्प पूर्वनिर्धारित पत्रकार सम्मेलनसमेत रद्द गरेर अमेरिका फर्किएका छन् । सम्मेलन सुरु हुनु अघि भीआईपी रिसेप्सनको दौरान विश्व नेताहरुबीच भएको वार्तालापलाई त्यहीँ रहेका कुनै पाहुनाले खिचेका थिए । सोही वार्तालाप नै अहिले सार्वजनिक भएको हो । भिडियोमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो, फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रो र ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन देखिन्छन् । नेटो सम्मेलनका क्रममा ट्रम्प र अन्य विश्व नेताबीच कयैन विषयमा मतभेद देखिएको थियो ।

Advertisement

भिडियोलाई लिएर ट्रम्पले असन्तुष्टि जाहेर गरेका छन् । क्यानडाको सार्वजनिक प्रशारण संस्था सिबिसीले आफ्नो ट्वीटर ह्याण्डलमा पोस्ट गरेको छोटो अवधिको भिडियोमा प्रधानमन्त्री ट्रूडोले बेलायती प्रधानमन्त्री जोन्सन, फ्रान्सेली राष्ट्रपति म्याक्रोँ, डच प्रधानमन्त्री मार्क रुत्ते र बेलायती महारानी एलिजाबेथकी छोरी राजकुमारी एनीसँग कुराकानी गरिरहेको देखिन्छ ।
भिडियोको सुरुमा जोन्सनले म्याक्रोँसँग सोध्छन्, ‘के हामी यहि कारण ढिला भइरहेका छौँ?’ त्यसको जवाफमा म्याक्रोँले नभई ट्रूडोले दिन्छन् र भन्छन्, ‘उहाँ ढिला हुनु भयो किनकी उहाँले ४० मिनेट लामो माथिल्लो तहको पत्रकार सम्मेलन गर्नु भयो ।’ त्यसपछि म्याक्रोँले उपाख्यान भनेका छन्, तर त्यो राम्रोसँग सुनिभएको छैन ।
उनीहरुको कुराकानी रेकर्ड भइरहेको कसैले पनि थाहा पाएनन् । यो भिडियो सार्वजनिक भएपछि ट्रम्पले भनेका छन्, ‘ट्रूडो टू फेस वाला रहेछन्‘मैले राम्रो व्यक्ति ठानेको थिएँ तर होइन रहेछ ।’ नेटोको ७०औँ स्थापना दिवसका अवसरमा लण्डन नजिकै भएको बैठकमा नेताहरुबिच एकताको सहमति भएको छ तर विभिन्न विषयमा विवाद पनि देखएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले नेटो सम्मेलनपछिका लागि तय भएको पत्रकार सम्मेलनमा सहभागी नहुने बताए।

Advertisement

Advertisement