एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनाका अर्का विजेतालाई दुई लाख नगद

Advertisement

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्रकुमार सिगुलाई बिहीबार दुई लाख रुपियाँ नगद पुरस्कार हस्तान्तरण गरेको छ । पाँचथरका सिगु यस योजनाअन्तर्गत पहिलो हप्ताका पाँच विजयीहरुमध्ये एक भएको कम्पनीले जनाएको छ । उनी पेशाले सिकर्मी हुन् ।

एनसेलले आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत गत मंसिर १ देखि ‘रिचार्जमा चमत्कार’ अफर सञ्चालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता दुई लाख रुपियाँ नगद र प्रत्येक महिना १० लाख रुपियाँ नगद जित्ने मौका पाउँछन् ।

यस योजनाअन्तर्गत दोस्रो हप्तामा विजयी भई प्रमाणिकरण भएका एक ग्राहकलाइ छिटै बिर्तामोडबाट दुई लाख रुपियाँ नगद हस्तान्तरण गरिने जनाइएको छ । मंसिर १६ मा घोषणा गरिएका दोस्रो हप्ताका पाँच विजयीमध्ये तीन ग्राहक प्रमाणीकरण प्रक्रियामा रहेको, एक विजयी योजनाको सर्तबमोजिम अयोग्य ठहरिएकाले दोस्रो हप्तामा वितरण भएका कोडका आधारमा तेस्रो हप्ता ती ग्राहकको स्थानमा नयाँ ग्राहक छनोट गरिने कम्पनीको भनाई छ ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा सय रुपियाँ वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा सञ्चालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने जनाइएको छ ।

ग्राहकहरुले सय रुपियाँ वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक सय रुपियाँ बराबरको एक विषेश कोड एसएमएसमार्फत प्राप्त गर्छन् । यदि कुनै ग्राहकले रु ३५० रिचार्ज गर्छ भने उसले तीन वटा विषेश कोड नम्बरहरु प्राप्त गर्छन् । त्यसैगरी ग्राहकले पाँच सय रुपियाँ रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् ।

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नुपर्ने हुन्छ । यस योजनाअन्तर्गत प्रत्येक हप्ता सोमबार एक टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच विजेता ग्राहकहरुको घोषणा हुन्छ ।

Advertisement

Advertisement

Advertisement