कञ्चन डेभलपमेन्ट बैंकद्वारा शेयरधनीहरुलाई १७ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरुलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

विहीबार बसेको सञ्चालक समतिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत विरुराम जैशीले जनाएका छन् ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण हुने सीईओ जैशीले बताए ।

Advertisement

Advertisement

Advertisement