रुपन्देहीको खैरेनीमा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको शाखा सञ्चालन

Advertisement

काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लि.ले रुपन्देही जिल्लाको खैरेनीमा १६ औँ शाखा कार्यालय सञ्चालन गरेको छ । देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले शुक्रबार एक समारोहका बीच शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

उक्त शाखा उद्घाटन पछि प्रदेश नम्बर ५ मा ३ वटा शाखा कार्यालयहरु संचालनमा आएको संस्थाद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ । संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुरमा रहेको छ । प्रदेश नम्बर एकमा २ वटा, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर, प्रदेश नम्बर तीनमा ६ वटा शाखा कार्यालयहरु रहेका छन् ।

संस्थाको निक्षेप संकलन रु. ४ अर्ब १३ करोड तथा कर्जा रु. ३ अर्ब ३४ करोड प्रवाह गरी २०७६ असोज मसान्तसम्ममा रु. २ करोड ३४ लाख संचालन मुनाफा गरेको जनाइएको छ । संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. २३ करोड ७२ लाख रहेको छ ।

Advertisement

Advertisement

Advertisement