साग महिला क्रिकेटमा नेपाललाई कास्य पदक

Advertisement

पोखरा । तेह्रौं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत महिला क्रिकेटमा नेपाललाई कास्य पदक चित्त बुझाएको छ । तेस्रो स्थानका लागि पोखरा रंगशालामा शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले हराउँदै कास्य पदक जित्न सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले ११.३ ओभरमा ८ रन बनाउँदा सबै विकेट गुमाएको थियो । नेपालले भने ९ रनको लक्ष्य जम्मा ५ बलमा कुनै विकेट नगुमाई ९ रन बनाई पूरा गर्यो । यसअघि पनि माल्दिभ्सविरुद्ध ६ विकेट लिएकी अञ्जली चन्दले ४ विकेट लिइन ।

चार ओभर बलिङ गर्दा उनले १ रन मात्रै बनाउन दिइन् । मालदिभ्सका लागि ओपनर अइमा अइसादले १ रन बनाइन् भने नेपालका बलरले वाइड गरेको भन्दै ७ रन दिइएर माल्दिभ्सले कुल ८ रन बनायो । त्यस्तै, सीता राना मगर र रुविना क्षेत्रीले २–२ विकेट लिए । फाइनलका लागि बंगलादेश र श्रीलंका आइतबार खेल्दैछन् ।

Advertisement

Advertisement

Advertisement