साग पुरुष फुटबलमा माल्दिभ्सलाई हराउँदाका क्षण तस्विरहरुमा

Advertisement

काठमाडौँ । तेह्रौं साग खेलकुदअन्तर्गत शनिबार भएको पुरुषतर्फको फुटबल खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोलअन्तरले पराजित गरेको छ । यो जितसँगै नेपाल सात अंकसहित प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ ।

खेलको पहिलो हाफमा माल्दिभ्सले १९औँ मिनेटमा गोल गर्दै अग्रता लिए पनि दोस्रो हाफमा नेपालले दुई गोल गरेर आफूलाई अगाडि ल्याउन सफल भयो । माल्दिभ्सका लागि इब्राहिम हुसेनले गोल गरेका थिए । नेपालको तर्फबाट अभिषेक रिजालले ४३औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए भने ५२औं मिनेटमा पाएको कर्नर किकलाई नेपालले सदुपयोग गर्दै गोलमा परिणत गरेको थियो ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोलले हराएको थियो भने श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो । अब नेपालले अर्को खेल नेबंगलादेशसँग खेल्ने छ ।

Advertisement

Advertisement

Advertisement