पाँचथरको मिक्लाजुङमा आजदेखि सुन्तला महोत्सव शुरु

Advertisement

फिदिम । सुन्तला उत्पादक कृषकलाई व्यावसायिक बनाउने तथा सुन्तला उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा आजदेखि सुन्तला महोत्सव शुरु भएको छ । सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएको कुरुम्बामा आयोजना गरिएको महोत्सवमा सुन्तलाका स्टलहरु राखिएका छन् । महोत्सव तीन दिनसम्म चल्ने मिक्लाजुङ गाउँपालिका–५ का वडाध्यक्ष अविसन लावतीले जानकारी दिए ।

कुरुम्बामा पाँच दर्जनभन्दा बढी घरपरिवारले व्यावसायिक रुपमा सुन्तला उत्पादन गर्ने गरेका छन् । अधिकांशले सुन्तलाबाट बर्सेनी लाखौँ आम्दानी गर्ने गरेका छन् । यहाँ व्यापारीहरुले बगानमै आएर सुन्तला खरिद गरी तराईका जिल्लामा पुर्याएर बिक्री गर्ने गरेका छन् । महोत्सवको प्रदेश नं १ प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिकी सभापति सीता थेबेले उद्घाटनमा गरे ।

Advertisement

Advertisement

Advertisement