अकुत सम्पत्ति कमाउने भन्सार र कर प्रशासनका कर्मचारीहरुको लामो सुची अख्तियार पुग्यो

Advertisement

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले छानबिनको आधारमा अकुत सम्पत्ति आर्जन गर्नेहरुको सुची तयार पारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । विभागले भन्सार तथा कर प्रशासनमा काम गर्ने यस्ता कर्मचारीहरुको सम्पत्ति विवरण संकलन गरेर अख्तियार पठाएको हो ।

विभागले राजश्वमा काम गरेर अकुत कमाउनेहरुको विवरण आफूहरुले संकलन गरिरहेको जनाउँदै आएको थियो । यसरी संकलित विवरणमा केन्द्रदेखि जिल्लासम्म काम गर्ने राजश्वका दर्जनौं कर्मचारी, उनीहरूका परिवार र नातागोताको चल अचल सम्पत्ति उल्लेख रहेको जनाइएको छ ।

यस्तो विवरण संकलन गर्न विभागका कर्मचारीसहित निजामती र प्रहरीसमेत रहेको संयुक्त संयन्त्र देशभर परिचालन गरी राजश्वका शंकास्पद कर्मचारीहरुको सम्पत्ति खोज्ने काममा लागेको थियो । अख्तियारकै पहलमा तयार भएको यो संयन्त्रले तयार पारेको विवरणमा ठूलो संख्यामा कर्मचारीहरुको नाम रहेको जनाइए पनि यकिन संख्या भने उल्लेख गरिएको छैन् ।

विशेषगरी राजश्वमा काम गर्ने कर्मचारीहरुको जीवनशैलीमा चाँडै परिवर्तन आउने, जागिर खाएको केही बर्षमै ठूला महल उनीहरुले ठड्याउने गरेको सार्वजनिकरुपमा बहस हुँदै आएको थियो । प्रधानमन्त्री कार्यालय मातहत ल्याइएपछि विभागले अहिले राजश्व छलीदेखि अकुत सम्पत्तिको छानविनमा बढि सक्रिय हुन थालेको छ ।

Advertisement

Advertisement

Advertisement