राष्ट्र बैंकले मंगलबार दुई अर्ब २६ करोडको ट्रेजरी बिल जारी गर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब २६ करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त परिमाणको ट्रेजरी मंगलबार जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले ९१ दिनका लागि मात्रै सो मात्राको ट्रेजरी जारी गर्न लागिएको जनाएको छ । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार दिउँसो बजे बोलकबोल हुनेछ ।

यसअघि राष्ट्र बैंकले मंसिर १६ गते ३ अर्ब १३ करोड रुपियाँको टे«जरी बिल जारी गरेको थियो । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष)स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

यसमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेन् । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

Advertisement

Advertisement

Advertisement