उर्जा क्षेत्रमा एमभी दुगड़ ग्रुपको एक नयाँ फड्को, लिखु नदीमा ३ वटा आयोजना बन्दै

Advertisement

काठमाडौँ । सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भई बग्ने लिखु नदीमा एमभी दुगड ग्रुपद्धारा प्रवद्र्धित ३ वटा जल विद्युत आयोजनाहरु निर्माणाधीन रहेको छ ।

त्यस मध्येको सोलुखुम्बु जिल्लामा नुम्बुर हिमालय हाईड्रोपावर प्रालिद्धारा निर्माणाधीन २९.४ मेगावाट विद्युत क्षमताको लिखु ए जलविद्युत आयोजनाको २.५ किलोमिटरको सुरुङ्ग तथा सवै भूमिगत संरचनाहरुको निर्माण कार्य ८ महिना भित्रै सम्पन्न भएको छ ।

लिखु ए जलविद्युत आयोजनाबाट २०७७ असार महिना अगावै विद्युत उत्पादन गरी उक्त विद्युत देवीटार स्थित राष्ट्रिय प्रशारण लाईन न्यू खिम्ती विद्युत सव स्टेशनमा जोडिने जनाइएको छ ।

त्यस्तैगरी लिखु नदीमा ५५ मेगावाट क्षमताको लिखु-२ र ७७ मेगावाट क्षमताको लिखु-१ जलविद्युत आयोजना समेतको दु्रत गतिमा निर्माण कार्य भईरहेको एमभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगडले बताए । यसरी एम.भी.दुगड़ ग्रुपद्धारा लिखु नदीमा प्रवद्र्धित तीनवटै परियोजनाहरुको कूल क्षमता १५८ मेगावाट हुनेछ ।

यी परियोजनाहरुमा प्रत्यक्ष वैदेशिक लगानी(एफडीआई)समेत आउने गरी आवश्यक स्वीकृतिको लागि सम्वन्धित निकायमा प्रक्रिया अघि बढाइएको अध्यक्ष दुगडले बताए ।

Advertisement

Advertisement

Advertisement