गढीमाईमा दुधे पाडालाई समेत बली चढाउने र त्यसलाई संरक्षण गर्नेहरुविरुद्ध मुद्दा हालिने

Advertisement

काठमाडौं । पशु कल्याणका क्षेत्रमा काम गर्दै आएकाहरुले गढीमाई मेलामा दुधे पाडाहरुलाई समेत लगेर बढि चलाउनेहरु चढाउन संरक्षण गर्ने सबैविरुद्द अदालतमा मुद्दा दायर गर्ने भएको छ । पशु कल्याण संघले आइतबार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतको आदेश र चौतर्फी विरोध हुँदाहुँदै पनि यस पटक पनि गढीमाई मेलामा करिव चार हजार राँगा तथा पाडा, करिव २० हजारको संख्यामा बोका, भाले, परेवाको बढी चलाउने काम भएको भन्दै लिखितरुपमा गरिएको सहमतिलाई समेत अटेर गर्दै गढीमाई मेला आयोजक मुल समारोह समितिले निर्दोष पशुपंक्षीको बली चलाउने र राज्यले त्यसलाई संरक्षण गर्ने काम गरेको बतायो ।

Advertisement

संघकी अध्यक्ष स्नेहा श्रेष्ठले देवीदेवतालाई खुशी पार्ने नाममा निर्दोष पशुपंक्षीप्रति निर्मत र अमानवीय तरिकाले व्यवहार गर्ने र बली चलाउने काम मेलामा आफूहरुले देख्नुपरेको सुनाईन । आफूहरुले सञ्चालन गरेको ‘ब्लडलेस गढीमाई’ अभियानका कारण यस बर्ष बली दिने कुरामा केही कमी भए पनि अन्त्य हुन नसकेको भन्दै राज्य उदासिन हुँदा गलत संस्कारले प्रशय पाएको बताइन् ।
सर्वोच्च अदालतले गढीमाईमा बढी दिने नाममा हुनेगरेको ठूलो पशुसंहारलाई निरुत्साहित गर्न निर्देशन दिए पनि सरकारले त्यसलाई पालना नगरेको, स्थानीय प्रशासनले बली प्रथाका नाममा बारा, पर्सा, रौतहटका साथै भारतीय क्षेत्रबाट अवैधरुमपा आउने पशुहरुलाई रोक्न सहमति जनाए पनि पालना नगरेको, मेलाको मुल आयोजकले कम्तिमा पनि कानुनले बली दिन बर्जित गरेका १२ महिनाभन्दा कम उमेरका पाडाहरुलाई मेलामा प्रवेश नदिने भनेर गरेको लिखित सहमतिको उल्लङ्घन गरेको भन्दै श्रेष्ठले यसमा दोषी सबैविरुद्ध कानुनी कारवाहीका लागि अदालत जाने बताइन् ।

gadhimai_melaबली लिँदै हिँडेकाहरुलाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही गर्नुपर्नेमा उल्टै उनीहरुलाई प्रहरीले सुरक्षा दिने काम गरेबाट स्वयम राज्य धर्मका नाममा हुने निर्मम र अबैध बली प्रथालाई संरक्षण गर्न लागिपरेको पुष्टी हुने श्रेष्ठको भनाई छ । उनले गाडीमाईलाई बलीमुक्त बनाएरै छाड्ने अभियानलाई नछाड्ने बताइन् ।

नेपाल भेटेनरी संघका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले गाढीमाई मेलामा बली दिन ल्याइएका झण्डै दुई सय राँगा तथा पाडाहरुमा रोग फैलिएर मरेको र तिनलाई त्यहीं जंगलमा खाडल खनेर गाडिएको बताउँदै १० जना भेटेनरी डाक्टरहरु पशु उपचारका लागि खटिएका कारण उक्त रोग गाउँमा फैलिन नपाएको बताए ।
उनका अनुसार त्यसरी मरेका पशुहरुको बारेमा मेला आयोजकले प्रशासनलाई जानकारीसमेत नदिई गाड्न लगाउने र कानुनले बली दिन बर्जित गरेका कलिला पाडाहरु मेलामा छिराउन स्वयम मेला आयोजक समितिका मानिसहरु लाग्ने, मेलामा पत्रकारलाई समेत छिर्न नदिने गरेको बताए ।फैसला कार्यान्वयन निर्देशनालयका अधिकारीले सर्वोत्चको आदेश कार्यान्वयन गर्न आफूहरुले सम्वन्धित निकायलाई पटक पटक पत्र पठाइसकेको, छलफल आयोजना गरेको र पत्रिकामा समेत पशुबली नगर्न सुचना प्रकाशित गरेको बताउँदै तर पनि त्यसको पालना नभएको बताए ।

Advertisement

Advertisement