कामना सेवाको एजीएम पुस १७ गते, मर्जरको पार्टनर खोज्ने जिम्मा सञ्चालक समितिलाई

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंकको तेह्रौं वार्षिक साधारण सभा(एजीएम) पुस १७ गते हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे अमृतभोग कालीकास्थान डिल्लीबजारमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आव २०७५/७६ को नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ५४ करोड, १ लाख ९५ हजार ३५२ रुपैयाँको ६.८ प्रतिशतका दरले हुन आउने १७ करोड २७ लाख ३३ हजार २८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै साधारण सभाले कामना सेवा र इजाजत प्राप्त अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा प्राप्ति र गाभ्ने/गाभिने(मर्जर/एक्वीजीशन) प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको पहिचान र समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायतको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि मंसिर ३० गतेदेखि पुस १७ गतेसम्म बैंकको शेयर दाखिल खारेज बन्द(बुक क्लोज) हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement