महराको उत्तराधिकारी खोज्न पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन

Advertisement

काठमाडौं । संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि डाकिएको छ । सरकारको सिफारिसमा राष्ट्र«पति विद्यादेवी भण्डारीले पुस ४ गतेदेखि अधिवेशन डाकेकी हुन् ।

हिउँदे अधिवेशनको महत्वूर्ण कार्यसूचिका रुपमा सभामुखको चयनलाई लिईएको छ । पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङलाई पुनः सभामुख बनाउन नेकपा शिर्ष नेतृत्व सहमत भएको बताईन्छ । त्यसो त उप सभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुख पद कुनै हालतमा नछाड्ने बताउँदै आएकी छिन् ।

पूर्व माओवादीका तर्फबाट देव गुरुङ र अग्नि सापकोटाले पनि सभामुख बन्न चाहेका छन् । तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच भने नेम्बाङलाई नै सभामुख बनाउने सहमति भैसकेको पनि श्रोतले बतायो ।

Advertisement

Advertisement

Advertisement