कुमारी स्मार्ट मोबाईल बैंकिङको आकर्षक योजना, यस्ता छन् फाइदा

Advertisement

काठमाडौँ । कुमारी बैंक लिमिटेडले नगद रहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजनाहरु ल्याएको छ । यो योजना अन्तर्गत कुमारी बैंकका मोबाईल बैंकिङ्ग ग्राहकहरुले फाइदा लिनसक्ने छन् ।

१०० मा १०० योजना
यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्गबाट पहिलो रु १०० को टपअप गर्दा रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना नयाँ तथा पुराना दुबै खालका ग्राहकलाई लागू हुनेछ तथा यो योजनामा सहभागी हुनका लागि ग्राहकले पहिलो चोटी कुमारी मोबाईल बैंकिङ्गको प्रयोग गरेको हुनु पर्ने बैंकले जनाएको छ ।

स्क्यान एन्ड पे
यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्ग प्रयोग गरी विभिन्न पसल तथा रेस्टुराँहरुमा क्युआर कोडस्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा दैनिक आधिक्तम रु १०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना फागुन १७ गते सम्मका लागि लागू हुने जनाइएको छ ।

कुमारी स्मार्टको प्रयोग गरी पानी, बिजुली, सारथिको ट्याक्सी, नेपाल ग्याँस, इन्टरनेट, इत्यादिको पैसा भुक्तानी गर्न पनि सकिने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement