स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री फेरि अस्पताल भर्ना

Advertisement

काठमाडौँ । गएको बिहीबार मात्रै लामो अस्पताल बसाईबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी ओलीलाई मंगलबार पुनः अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएको उनको सचिवालयले जनाएको छ ।

ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अपरान्ह भर्ना गरिएको हो । मृगौलाको नियमित डायलासिसका लागि उनलाई अस्पताल लगिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाको भनाई उदृत गर्दै केही मिडियाले समाचार प्रकाशित गरेका छन् ।

Advertisement

Advertisement

Advertisement