‘ट्याक्सीमाण्डू’ एपको औपचारिक उद्घाटन, चालक र यात्रु दुबैलाई फाइदा

Advertisement

काठमाडौँ । ‘फिल सेभ राइड अन टाइम’ स्लोगनका साथ सञ्चालनमा आएको ट्याक्सीमाण्डू एपको औपचारिक उद्घाटन भएको छ । विहीबार एक समारोहकाबीच उक्त एप्स उद्घाटन भएको हो । परम्परागत ट्याक्सी व्यवसायमा प्रविधिको प्रयोग गरी एप मार्फत सहजरुपमा ट्याक्सी चालक र यात्रुबीच समन्वय गराउने उद्देश्येले उक्त एप सञ्चालनमा ल्याइएको हो ।

यो एपको प्रयोगबाट ट्याक्सी चालकले ग्राहक खोज्दै भौतारिनु पर्ने अवस्थाबाट मुक्ती पाई हातमै मोबाइल वा ह्यावलेटको सहयोगबाट यात्रु खोज्न सक्नेछन् । त्यस्तै एपको प्रयोगले यात्रुले पनि सडकमै आएर ट्याक्सी खोज्नु पर्ने अवस्थाबाट छुटकारा पाई आफूले चाहेको स्थान वा घरदैलोमै आफ्नो सहजताका लागि ट्याक्सी बुक गरी बोलाउन सक्नेछन् ।

नेपाल भ्रमण वर्षका क्रममा काठमाडौँ उपत्यकामा आउने पर्यटनलाई समेत सहज र सुरक्षित रुपमा ट्याक्सी खोज्न वा बुकिङ गर्न ट्याक्सीमाण्डू भरपर्दो माध्यमक बन्ने विश्वास लिइएको छ । उक्त एपमा दर्ता हुने ट्याक्सी चालक तथा यात्रुहरुको नागरिकता, सवारी चालक अनुमति पत्र तथा फोन नम्बर सहितको सम्पूर्ण अभिलेख राखिने हुँदा ट्याक्सीमाण्डू चालक र यात्रुबाट हुन सक्ने गैरकानूनी क्रियाकलापको अनुगमन र नियन्त्रणमा प्रशासनलाई समेत सहज हुने बताइएको छ ।

चालक र यात्रुलाई छुट्टै एप
ट्याक्सी चालक र यात्रुको लागि अलग अगल एप रहेको छ । चालक वा यात्रुले आफ्नो मोबाइलको गुगल प्ले स्टोर वा एप स्टोरबाट ट्याक्सीमाण्डूको एप डाउन लोग गर्न सक्नेछन् । चालकले ट्याक्सीमाण्डू ड्राइभर र यात्रुले प्यासेन्जर एप डाउनलोड गरी यो एपको सुबिधा दिन सक्नेछन् ।

ह्याम्स अस्पताल र इ सेवासँग सम्झौता
ट्याक्सीमाण्डू एपको औपचारिक शुभारम्भसँगै आजै ह्याम्स अस्पताल र इ–सेवासँग सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ट्याक्सीमाण्डूमा दर्ता हुने चालकहरुले ह्याम्स अस्पतालमा उपचार गराउँदा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट पाउने छन् । त्यसैगरी ट्याक्सीमाण्डू एप्सको प्रयोग गर्ने चालक र यात्रुले इ–सेवाबाट पे गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सम्झौतामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement