मिस नेपाल अनुष्कालाई मिस वल्ड प्रतियोगितामा मल्टिमिडिया अवार्ड

Advertisement

लन्डन । मिस नेपाल विजेता अनुष्का श्रेष्ठले लन्डनमा आयोजित मिस वल्डमाबिहीबार मल्टिमिडिया अवार्ड जितेकी छन् । अनुष्काले फेसबुकमार्फत उक्त अवार्ड जितेको खुलासा गरेकी हुन् ।

मिस वल्डको अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले उक्त टाइटल जितेकी थिइन् ।

मल्टिमिडिया अवार्ड जितेपछि अनुष्काले खुसी व्यक्त गर्दै यो नेपालको लागि खुशीको कुरा भएको बताएकी छन् । उनले अवार्ड जित्न आफूलाई मत दिने सबैप्रति आभार पनि व्यक्त गरेकी छन् ।

लन्डनमा भइरहेको प्रतियोगितामा मिस वल्डको घोषणा शनिबार हुँदैछ । मिस वल्डको ६९औं संस्करणका लागि १११ मुलुकका सुन्दरीहरु प्रतिस्धर्पामा छन् ।

Advertisement

Advertisement

Advertisement