होटल संघले चीनको चेन्दुमा नेपाल प्रवद्र्धन गर्ने

Advertisement

काठमाडौं । आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर होटल संघ नेपाल (हान)ले चीनको चेन्दुमा नेपाल प्रवद्र्धन कार्यक्रम आयोजना गर्ने भएको छ ।

संघले नेपाल भ्रमण बर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य र उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा यही डिसेम्बर १६ देखि २० सम्म नेपाल प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो ।

होटल संघका ६० सदस्य डिसेम्बर १६ मा चेन्दु जाने तयारी गरेका छन् । हालै नेपाल भ्रमण गरेका छिमेकी मुलुक चीनका राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणपछि चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि हुने र यस कार्यक्रमबाट अझ यसलाई व्यापक बनाउन सकिने उद्देश्यले त्यहाँका प्रतिष्ठित ट्राभल तथा टूर अपरेटरहरुसँग नेपाली होटलहरुको बीटूबी मिटिङ तथा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिने संघको विज्ञप्तिमा उल्लेख छ ।

सोही अवसरमा होटल संघ नेपालको अर्धवार्षिक साधारणसभा चेन्दुमा नै आयोजना गरिनेछ । प्रत्येक अर्धवार्षिक साधारणसभा मुलुकबाहिर गर्ने नीति अनुसार यस वर्ष चीनमा आयोजना गर्न लागिएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement