एनआइसी एशियाका ग्राहकलाई फुडमाण्डुमा २५ प्रतिशत छुट

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र फुडमाण्डु प्रालिबीच डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले फुडमाण्डुबाटआफूले इच्छाईएको खाने कुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सकिने छ ।

सम्झौतासँगै सीमित अवधिका लागि एनआईसी एशिया बैंक लगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत वा अधिकतम् ४ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र फुडमाण्डुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement