पर्यटकको संख्या बढाउन जापानी राजदूतसँग परिसंघका अध्यक्ष मोरको आग्रह

Advertisement

काठमाडौँ । नेपालका लागि जापानका राजदूत मासामिची सेइगो र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच शुक्रबार भेटवार्ता भएको छ । उक्त अवसरमा राजदूत मासामिची सेइगाको स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल–जापान बीचको आर्थिक तथा व्यापारिक एवम् लगानी र पर्यटनमा रहेको द्धिपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनु पर्ने बताए ।

जापानको आर्थिक तथा व्यवसायिक विकासबाट नेपालले सधै लाभ लिइरहेको र यसलाई थप बिस्तार गर्न जापानको लगानी बढाउन सहजकर्ताको भूमका निर्वाह गर्न परिसंघ तयार रहेको र खास गरी उत्पादनमुलक क्षेत्र, कृषि तथा पर्यटनमा लगानीका संभावनाहरु रहेको तर्फ अध्यक्ष मोरले राजदूत मासामिचीको ध्यानाकर्षण गराएका थिए । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपालमा जापानी पर्यटकको संख्या बढाउन राजदूतावासले सक्रिय भूमिका निर्वाह गर्न समेत अध्यक्ष मोरले राजदूत समक्ष आग्रह गरे ।

जापानको औद्योगिक क्षमता तथा दक्षतालाई मध्यनजर राख्दै नेपालमा दक्ष जनशक्तिको अभाव रहेकाले जापानमा औद्योगिक परीक्षार्थी आदानप्रदान गर्ने सन्दर्भमा समेत अध्यक्ष मोरले सहकार्य गर्न सकिने बताए ।

सो अवसरमा राजदूत मासामिची सेइगाले जापान र नेपालको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारलाई आफुले प्राथमिकतामा राखेको बताए । द्धिपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार र औद्योगिक प्रशिक्षार्थी आदानप्रदान एवम् तालिमका सन्दर्भमा थप मद्दत गर्ने बारे थप गृहकार्य गरी सहकार्य अघि बढाउने राजदूत मासामिची सेइगाले उल्लेख गरे ।

भेटवार्तामा परिसंघका उपाध्यक्षहरु, दूतावासका आर्थिक मामिला हेर्ने अधिकारी समेतको उपस्थिति थियो ।

Advertisement

Advertisement

Advertisement