बेलायती राजदूतमार्फत लगानीकर्ताहरुलाई अर्थमन्त्रीको आग्रह-‘नेपालमा लगानी गर्न आउनुहोस्’

Advertisement

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडासँग नेपालका लागि बेलायतका नवनियुक्त राजदुत निकोला पोलिटले मंगलबार अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेकी छिन् ।

उक्त भेटमा अर्थमन्त्री डा. खतिवडाले नवनियुक्त राजदुतलाई स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिए । साथै, अथमन्त्री खतिवडाले नेपालको सहयोगमा बेलायत सरकारबाट सदियाँैदेखि प्राप्त सहयोगको लागि धन्यवाद दिए ।

भेटमा अर्थमन्त्री खतिवडाले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, राजश्व क्षेत्रमा भएका सुधार, व्यापारको अवस्था लगायतका विषयमा जानकारी गराएका थिए ।

अर्थमन्त्री खतिवडाले भूकम्प पश्चातको पुनर्निर्माणका लागि बेलायत सरकारले गरेको सहयोगको लागि धन्यवाद दिए । बेलायतसँग दोहोरो कर मुक्ति सम्भmौताको प्रक्रिया अघि बढेको उल्लेख गर्दै उनले लगानीको वातावरणमा सुधार भएकोले बेलायतका लगानीकर्तालाई पर्यटन, जलविद्युत, सडक लगायतमा लगानी गर्न आग्रह गरे ।

नेपालको निर्यात वृद्धिका लागि सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध गर्दै अर्थमन्त्री खतिवडाले नेपाल भ्रमण वर्ष २०२० मा बढी भन्दा बढी बेलायती पर्यटकलाई भ्रमण गर्न समेत आग्रह गरे ।

उक्त अवसरमा वेलायती राजदुत पोलिटले नेपाल र बेलायतबीच लामो सम्बन्ध भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपालसँग सहकार्य गर्दै अगाडि बढ्ने बताइन् । उनले बेलायत सरकारले नेपालको स्थायित्वलाई खुशीका साथ हेरिरहेको बताउँदै नेपालको प्राथमिकता अनुसार बेलायत सरकारले आगामी दिनमा सहयोग गर्ने बताइन् ।

Advertisement

Advertisement

Advertisement