देवः विकास बैंकको ‘क्यास ब्याक अफर’

Advertisement

काठमाडौं । देवः विकास बैंकले ‘क्यास ब्याक अफर’ ल्याएको छ । बैंकले पुस १ गतेदेखि लागू हुने गरी पीओएस मेसिनबाट कारोबार गर्दा तीन प्रतिशत नगद फिर्ता हुने योजना अघि सारेको हो ।

बैंकले ‘क्यास लेस बैंकिङ’ लाई प्रोत्सान गर्न यो योजना सञ्चालमा ल्याएको जनाएको छ । बैंकले भारतमा भिसा नेटवर्क एटिएमबाट नगद निकाल्दा कारोबार बापत लाग्ने शुल्क २ सय ५० मा पुस १ गतेदेखि नै लागु हुने गरी मात्र १ सय ५० शुल्क लाग्ने व्यवस्था गरेको छ ।

अब भारताबाट पैसा निकल्दा प्रतिकारोबार १५० रुपियाँ मात्र शुल्क लाग्नेछ । यसअघि २५० रुपियाँ शुल्क लाग्ने गर्दथ्यो । साथै, देवःले नेपालभर कुनै पनि भिजा नेटवर्कको एटीमबाट कारोबार गर्दा पैसा नलाग्ने सेवालाई पनि यथावत राखिएको जनाएको छ ।

मोबाइल बैंकिङ तथा देवः इ–बैंकिङबाट टपअफ गर्दा कारोबार रकमको दुई प्रतिशत नगद फिर्ता योजना पनि अघि सारिएको छ । बचत खातामा पनि निःशुल्क भिसा डेबिड कार्ड, मोबाइल बैंकिङ र इ–बैंकिङको सुविधा प्रदान गरिएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement