नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्दै अप्रिलियाका एक सय राईडर पुगे चित्लाङ गाउँ

Advertisement

काठमाडौँ । नेपालमा पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सका आधिकारिक एमभी दुगड ग्रुप अन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्स प्रालिले शनिवार राईड टु चित्लाङ्ग २०१९ सम्पन्न गरेको छ ।

नक्साल स्थित अप्रिलियाको स्वरुमबाट शुरु गरि चित्लाङ्गको अर्गानिक भिलेज रिसोर्टमा पुगी विभिन्न मनोरञ्जनात्मक खेल सहित कार्यक्रम सम्पन्न गरेको थियो । उक्त राईडको फ्ल्याग अफ दुगड़ व्रदर्श एण्ड सन्स प्रा.लि.का भाईस प्रेसिडेण्ट विजयकुमार महत्तोले गरेका थिए ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपालको प्राकृतिक रमणीय स्थल मध्ये एक मानिने सुन्दर चित्लाङ्ग गाउँको प्रवद्र्धनका निमित्त उक्त राईड आयोजना गरिएको कम्पनीले जनाएको छ । नेपालको टु ह्विलर्सको ईतिहासमा सम्भवतः पहिलो पटक १०० जना भन्दा बढी क्रेताहरुलाई नाईट आउट राईडमा लगिएको हो ।

युवा जमातले अत्याधिक रुचाइएको अप्रिलिया ब्राण्डको स्कुटरको उक्त राईडलाई मार्शल सागर थापा र विभव कार्कीले नेतृत्व गरेका थिए । सवारी चलाउँदा धैर्यता, अनुशासन र अनुभव चाहिने हुदाँ मार्शलद्वयले उक्त १०० जनाको समूहलाई प्रोत्सान गर्दै चित्लाङ्गसम्म पुर्याएका थिए ।

उक्त कार्यक्रमका एक सय राईडरका लागि कुशल व्यवस्थापन ब्राण्ड मेनेजर करुणा पुडासैनीे र उनको टिमले गरेका थिए । राईडरहरुलाई चित्लाङ्गमा साँझ विभिन्न खेल खेलाई विजयताहरुलाई पुरस्कार दिनुका साथै विभिन्न विधामा अवार्ड पनि वितरण गरियो ।

उक्त अवसरमा दुगड व्रदर्श एण्ड सन्स प्रालिका भाईस प्रेसिडेण्ट विजयकुमार महत्तोले उक्त कार्यक्रम सफल पार्ने सम्पूर्ण राईडरलाई धन्यवाद दिंदै आगामी दिनहरुमा देशका विभिन्न अन र अफ रोडहरु थप साहासिक अप्रिलिया राईडका अन्य कार्यक्रम गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement