ग्लोबल आइएमई बैंकले नवलपरासीका विपन्न समुदायलाई दियो दुई सय थान ब्लाङ्केट

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५, पक्लिहवामा २०० थान ब्लाङ्केट वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निजामती कर्मचारी संघसँगको सहकार्यमा नवलपरासीको सुस्ताका विपन्न समुदायलाई जाडोमा ब्लाङ्केट वितरण गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. ५ का सचिब रामप्रसाद खरेल, मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रदेश नं. ५ का सचिब टेकनारायण पाण्डे, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, निजामती कर्मचारी संघका अध्यक्ष चन्द्रकला रेग्मी तथा बैंकका प्रदेश नं. ५ का सहायक प्रमुख कविन्द्र रेग्मीले शनिबार आयोजित एक कार्यक्रममा सुस्ताका विपन्न समुदायका २०० परिवारलाई संयुक्त रुपमा ब्लाङ्केट हस्तान्तरण गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement