एजेन्सी । बलिउड स्टार दीपिका स्टार र मेघना गुलजारको फिल्म ‘छपाक’ रिलिजअघि नै चोरीको आरोपले विवादमा तानीएको छ। राकेश भारती नामका एक लेखकले अदालतमा याचिका दायर गरेका हुन् । उनको माग फिल्मको कहानीमा आफूलाई पनि क्रेडिट दिनुपर्ने रहेको छ ।
फिल्म जनवरी १०, २०२० मा रिलिज हुने तयारीमा छ । तर रिलिज हुनुअघि नै फिल्म कानुनी विवादमा तानिएको छ। लेखक रोकेश भारतीले मुम्बई उच्च अदालतमा फिल्मविरुद्ध मृद्धा दर्ता गरेका छन् । आफूले लेखेको कथासँग छपाकको कथा आफुले लेखेकोसँग मिलेको उनले जिकिर गरेका छन् ।
राकेश भारतीका वकिल अशोक सरोगीका अनुसार राकेशले मेघना गुल्जार र फक्स स्टार स्टुडियोजले उनको आइडियामा फिल्म निर्माण गरेको गुनासो निमार्तासँग गरेका थिए ।
तर, निर्माताले चासो नदेखाएपछि उनी अदालत पुगेका हुन् । उनले विगत ४ वर्षदेखि यो फिल्मका लागि काम गर्दै आएको बताए । मुद्धाको सुनुवाइ डिसेम्बर २७ मा हुने बताइएको छ ।
छपाक भारतको दिल्लीमा आधारित एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको जीवनमा आधारित फिल्म हो। यसमा दिपिका लक्ष्मीबाट प्रेरणा पाएको मालती नामको भूमिकामा छिन्। यस विषयलाई लिएर अभिनेत्री पादुकोण निकै तनावमा छिन्।
यो फिल्म एसिड आक्रमणमा परेकी दिल्लीकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेको छ।