छोरी रेणुलाई लिएर धर्मुस–सुन्तलीले बनाउन लागेको रंगशाला हेर्न पुगे प्रचण्ड

Advertisement

चितवन । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल रामपुरमा निर्माण भइरहेको क्रिकेट रंगशालाको अवलोकन गरेका छन् । सभामुख नियुक्तिमा सत्तारुढ दलको पूर्वएमाले पक्षसँग कुरा नमिलेपछि प्रचण्ड निर्माणाधिन रंगशाला हेर्न आइपुगेका हुन् । कलाकारद्धय सीताराम कट्टेल र कुञ्जना घिमिरेको संस्था धुर्मुस सुन्तली फाउण्डेशनले यो रंगशाला निर्माण गर्न लागेको हो ।

शुक्रबार बिहान रङ्गशाला अवलोकन गर्दै उनले निर्माण कार्यमा आफ्नो पार्टी र सरकारले सहयोग गर्ने बताए । प्रचण्डले भने, “समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस्, हामी तापाईंकै साथमा छौँ।” रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएकोले यसलाई सबैले सफल बनाउनुपर्ने प्रचण्डको तर्क छ ।

उनले चितवनवासीलाई मन फुकाएर रंगशाला निर्माणमा सहयोग गर्न आग्रह गर्दै सबै जिल्लामा सहयोग समिति गठन गरेर भए पनि रङ्गशाला निर्माणमा सहयोग जुटाउने बताए । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणमा भएको प्रगतिबारे प्रचण्डलाई जानकारी गराएका थिए । सो अवसरमा प्रचण्डकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल पनि सहभागी थिइन् ।

Advertisement

Advertisement

Advertisement