जगदम्बा सिमेन्ट तथा शुभश्री जगदम्बा सिमेन्टलाई नेपाल गुणस्तर चिन्ह प्रदान

Advertisement

काठमाडौं । जगदम्बा सिमेन्ट तथा शुभश्री जगदम्बा सिमेन्टले नेपाल गुणस्तर चिन्ह (ने.गु.३८५, ने.गु.४९ तथा ने.गु.३८४) प्राप्त गर्न सफल भएको छ । सिमेन्ट मिल्स्का उत्पादनहरु पीपीसी, ओपीसी तथा पीएससी सिमेन्टहरु नेपाल गुणस्तर चिन्ह (ने.गु.३८५, ने.गु.४९ तथा ने.गु.३८४) तथा आइएसओ ९००१ः२००८ बाट समेत प्रमाणित भएको कम्पनीले दाबी गरेको छ ।

कम्पनीको आफ्नै सुविधा सम्पन्न प्रयोगशालामा दैनिक रासायनिक तथा भैतिक परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाउने गरिएको दाबी छ।

साथै जगदम्बा सिमेन्ट नेपाल गुणस्तरद्वारा प्रदान गरिने गरिमामय क्वालिटी अवार्डमा लगातार तिन पटक लेटर अफ एप्रिसिएसनद्वारा सम्मानित भएको जनाएको छ ।

कम्पनीले आफ्ना उत्पादनहरु सदैव गुणस्तरीय रहेको र रहिरहने प्रतिबद्धता ब्यक्त गर्दै यस उद्योगसँग आबद्ध विक्रेता, डिलर, खरिदकर्ता तथा उपभोक्तहरुलाई उद्योगको उत्पादनहरुको गुणस्तरप्रति विश्वस्त हुन आग्रह गर्दै निर्धक्क रुपमा प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

Advertisement

Advertisement

Advertisement