पोखराको हिमालय आँखा हस्पिटललाई सानिमा बैंकले दियो वाटर प्यूरीफिकेशन मेसिन

Advertisement

काठमाडौँ । सानिमा बैंकको पोखरा न्युरोड शाखाले शनिबार पोखरा-१७, घारीपाटन स्थित हिमालय आँखा हस्पिटलमा वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको छ ।

अस्पतालमा दैनिक आउने करिब ५०० जना आँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको बैंकले जनाएको छ ।

उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालद्वारा हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान महर्जनलाई हस्तान्तरण गरेका हुन् ।

साथै, बैंकको प्रमुख कार्यकारी अधिकृत दाहालले आगामी दिनहरुमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गर्दै जाने बताए । त्यसैगरी हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनले सानिमा बैंकको सहयोग प्रति हार्दिक आभार व्यक्त गरे ।

सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा एटीएम रहेको छ ।

Advertisement

Advertisement

Advertisement