मेरुदण्डीय पक्षघात समूहलाई ग्लोबल आइएमई बैंकद्वारा ३ लाख सहयोग

Advertisement

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समूह नेपाललाई रु ३ लाख रुपैंया सहयोग गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई रु ३ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement