लुम्बिनी विकास बैंकको एजीएमले पास गर्यो २० प्रतिशत लाभांश, चुक्ता पूँजी २ अर्ब ७१ करोड पुग्यो

Advertisement

काठमाडौँ । लुम्विनी विकास बैंक १२ औं वार्षिक साधारण सभा मंगलबार सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न भएको छ ।

साधारण सभाद्धारा संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, आव २०७६ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित भयो ।

साधारण सभाले २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पुँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ७१ करोड ६३ लाख पुगेको छ ।

देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट करिब २ लाख ४० हजार ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवम् नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ । बैंकको २०७६ मंसिर मसान्तसम्म कर्जा लगानी रु २३ अरब ९४ करोड, निक्षेप संकलन रु २७ अरब ८ करोड रहेको छ ।

हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क अन्र्तगतको एटीएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement