सनराइज बैंकको क्यास ब्याक योजना, कति कारोबार गर्दा कति पाइन्छ ?

Advertisement

काठमाडौँ । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ ।

माघ १ देखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तरगत सनराइज बैंकका डेबिट/क्रेडिट कार्ड सेवा लिएका, तर हालसम्म पनि पोइन्ट अफ सेल टर्मिनल वा ई–कमर्स मा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पोइन्ट अफ सेल टर्मिनलमा कारोबार गर्दा रु.२५०/-( क्यास ब्याक र ई-कर्मशमा कारोबारमा रु २५०/-( क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट/क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम रु. ५००/-( वा सोभन्दा बढीको कारोबार गर्नु पर्नेछ । साथै, कुनै पनि ग्राहकले डेबिट/क्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा रु. १५,०००/-( वा सो भन्दा बढीको खरिद कारोबार गरेमा रु. १,०००/-( क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना मुताबिक अधिकतम रु. ३,५००/- सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सनराइजले आफ्ना ग्राहकहरुको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफरहरु दिदै आएको छ । यस क्यास ब्याक अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने क्यास व्याकले अझै बढी कारोबार गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement