नेपाल धितोपत्र बोर्डको विज्ञ सदस्यमा अशोककुमार पौडेल नियुक्त

Advertisement

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको विज्ञ सदस्यमा अशोककुमार पौडेललाई नियुक्त गरेको छ । विज्ञ सदस्यको रुपमा रहेका भीष्मराज ढुंगाना अध्यक्ष नियुक्त भएपछि उक्त पद रिक्त रहेको थियो । रिक्त रहेको पदमा मंगलबार पौडेललाई नियुक्त गरिएको हो ।

अर्थमन्त्री युवराज खतिवडाले पौडेललाई नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनाउन चाहेका थिए ।

तर कम्पनीको सीईओमा शंकरकुमार रायमाझीले बाजी मारेपछि नेपाल राष्ट्र बैंकको निर्देशक पदबाट अवकास प्राप्त पौडेललाई अर्थमन्त्री खतिवडाकै शिफारिसमा बोर्डको विज्ञ सदस्य नियुक्त गरिएको हो ।

Advertisement

Advertisement

Advertisement