अख्तियार टोलीद्वारा पाँच हजार घुस लिने सहायक वन अधिकृत पुष्पराज श्रेष्ठ पक्राउ

Advertisement

काठमाडौँ । सैनामैना सव-डिभिजन वन कार्यालय रुपन्देहीमा कार्यरत सहायक वन अधिकृत पुष्पराज श्रेष्ठ ५ हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् ।

सैनामैना सव-डिभिजन वन कार्यालय रुपन्देहीमा कार्यरत सहायक वन अधिकृत पुष्पराज श्रेष्ठले घर बनाउनको लागि काठ उपलव्ध गराउन भेरिफिकेसन सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो ।

सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले सहायक वन अधिकृत श्रेष्ठलाई सेवाग्राहीबाट पाँच हजार रुपियाँ घुस लिइसकेको अवस्थामा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित नयाँगाउँबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement