बैज्ञानिकहरुले पत्ता लगाए सबै प्रकारका क्यान्सर निको हुने ‘टी–सेल’

Advertisement

काठमाडौं । बेलायतका वैज्ञानिकहरुले सबै प्रकारका क्यान्सरको उपचार हुने ‘टी–सेल’ पत्ता लगाएका छन् । उनीहरुले ‘टी–सेल’ पत्ता लगाएको र यसले सबै प्रकारका क्यान्सर निको हुने दाबी गरेका छन् । उनीहरुले पटक–पटकको परीक्षणपछि टी–सेलले सबै प्रकारका क्यान्सरको उपचार सम्भव हुने दाबी गरेका हुन् ।

बेलायतको कार्डिफ विश्वविद्यालयका वैज्ञानिकको समूहले ल्याबमा प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर लगायत अन्य क्यान्सरको उपचारमा प्रयोग गर्दै उपचार सम्भव भएको पुष्टि गरेका हुन् ।

वैज्ञानिकले गरेको उक्त अध्ययन ‘नेचर इम्युनोलोजी’ नामक प्रतिष्ठित विज्ञान जर्नलमा प्रकाशित भएको छ । यो ल्याबमा परीक्षण गरे पनि मानिसमा भने परीक्षण नगरिएको बताएका छन् । जीवको प्रतिरक्षा प्रणाली उसको शरीरमा हुने सङ्क्रमणविरुद्धको प्राकृतिक प्रतिरक्षा रहेको र यसले क्यान्सरगुण भएका कोषलाई पनि आक्रमण गर्ने अनुसन्धानको निष्कर्ष छ । कार्डिफ विश्वविद्यालका अनुसन्धादाताले मानिसको रगतमा एक विशेष टी–सेल भेटेका छन् । जसले विगतदेखिको खोज पूरा भएको उनीहरुको दाबी छ ।

अनुसन्धानकर्ताले यसमा ‘असाधारण सम्भावना’ रहेको बताउँदै मानिसमा लाग्ने सबै प्रकारका क्यान्सर निको हुने दाबी गरेका हुन् । जीवको प्रतिरक्षा प्रणाली उसको शरीरमा हुने सङ्क्रमणविरुद्धको प्राकृतिक प्रतिरक्षा रहेको र यसले क्यान्सरगुण भएका कोषलाई पनि आक्रमण गर्ने अनुसन्धानको निष्कर्ष छ ।

कार्डिफ विश्वविद्यालका अनुसन्धादाताले मानिसको रगतमा एक विशेष टी–सेल भेटेका छन् । जसले विगतदेखिको खोज पूरा भएको उनीहरुको दाबी छ । टी–सेलले शरीरबाट हटाउनुपर्ने कुनै जोखिम छ कि भनेर निगरानी गर्छ । यसमा रहेको भिन्नताले कैयौँ क्यान्सरमाथि आक्रमण गर्नसक्ने वैज्ञानिकको दावी छ ।

कार्डिफको अनुसन्धान टोलीले पत्ता लगाएको टी–सेल र रिसेप्टरको ल्याबमा परीक्षण गर्दा कैयौँ क्यान्सरका कोषलाई मारेपछि यसले सबै प्रकारका क्यान्सर निको हुने देखाएको हो। तिनमा फोक्सोको क्यान्सर, रक्त क्यान्सर, स्तन क्यान्सर, हड्डीको क्यान्सर, प्रोस्टेटको क्यान्सर, ओभरीको क्यान्सर, मिर्गौलाको क्यान्सर र पाठेघरको क्यान्सरका कोष थिए ।

Advertisement

Advertisement

Advertisement