वंशलको नेतृत्वमा निकासी पैठारी संघमा नयाँ कार्यसमिति चयन

Advertisement

काठमाडौं । आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधिमूलक संस्था नेपाल समुद्रपार निकासी पैठारी संघमा नयाँ कार्यसमिति चयन भएको छ । संघको शुक्रबार सम्पन्न ४०औं साधारणसभाबाट सुनिलकुमार वंशलको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।

संघमा अध्यक्षसहित सबै कार्यसमिति सबै निर्विरोध निर्वाचित भएका हुन् । जसअनुसार प्रथम उपाध्यक्षमा विनोद सेठिया, द्वितीय उपाध्यक्षमा शिवकुमार अग्रवाल, महासचिवमा मदनलाल मित्तल, प्रथम सचिवमा अनिल अग्रवाल, द्वितीय सचिवमा खगेन्द्र सिटौला र कोषाध्यक्षमा कुमार कार्की, कार्यसमिति सदस्यहरुमा अमित मोर, आकाश गोल्छा, गौरव शारडा, जयन्तकुमार अग्रवाल, दिनेश चोखानी, पवनकुमार अग्रवाल, प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, विष्णुकुमार जोशी, रतनलाल केडिया, रमेशकुमार थापा, रामचन्द्र खेतान, संजय अग्रवाल र सुशील गुप्ता छन् ।

कार्यसमितिमा चारजना सदस्य मनोनीत हुने व्यवस्था छ । निवर्तमान अध्यक्ष कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था छ । संघको साधारणसभा उद्घाटनमा अर्थमन्त्री युवराज खतिवडाले भन्सार र अन्तःशुल्कको मुद्दा सम्बोधन हुने भन्दै व्यापारमा विकृत व्यापार नगर्न सुझाव दिएका थिए ।

पाम आयल भारत निकासीमा देखिएको समस्या सुल्झाउन सरकारले उच्चस्तरीय समिति गठन गरेको र चाँडै समस्या सुल्झने पनि पनि उनले बताएका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले व्यवसायीलाई नडराउन आग्रह गर्दै सरकार निजी क्षेत्रको साथमा रहेको बताएका थिए ।

Advertisement

Advertisement

Advertisement